खेल

इङ्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै भारत, क्रिजमा रोहित र विराट

इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

कार्डिफमा जारी ‘डे-नाइट’ खेलमा घरेलु टोली इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर फिल्डिङ रोजेपछि भारत ब्याटिङमा उत्रिएको हो। भारतीय टोलीले ८.६ ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ५० रन बनाएको छ।

भारतका लागि ओपनिङमा आएका कप्तान शुभमन गिल ३१ रन बनाएर पेभिलियन फर्किएका छन्। उनले ३० बल खेल्दै ६ चौका प्रहार गरे।

भारतको स्कोर ४४ रन हुँदा आठौँ ओभरको चौथो बलमा गिललाई बेन डकेटको हातबाट क्याच आउट गराउँदै इङ्ल्यान्डका बलर गस एटकिन्सनले पहिलो सफलता दिलाएका हुन्।

अहिले क्रिजमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा १० रन तथा विराट कोहली ५ रन बनाएर खेलिरहेका छन्।

बलिङतर्फ इङ्ल्यान्डका लागि कसिलो स्पेल फ्याँकेका गस एटकिन्सनले १ ओभर बलिङ गर्दै १ मेडनसहित कुनै रन नदिई महत्वपूर्ण १ विकेट लिएका छन्।

अर्कातर्फ जोफ्रा आर्चर र सकिब महमुदले समान २४–२४ रन खर्चिए पनि विकेट हात पार्न सकेका छैनन्। तीन खेलको एकदिवसीय शृंखला अन्तर्गतको यो दोस्रो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।

प्रकाशित: ३२ असार २०८३ १८:४२ बिहीबार