श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारतले उच्च योगफल बनाएको छ।
श्रीलंका भ्रमणमा रहेको भारतले गालेमा टस जितेर पहिला ब्याटिङ गर्दै दोस्रो दिनको खेलको समाप्तिमा ९ विकेट गुमाएर ४६० रन बनाएको छ। वर्षाले प्रभावित पहिलो इनिङ्सको दुई दिनमा ११६ ओभर मात्रै सम्भव भएको छ।
भारतका लागि देभदूत पाडिकलले १६७ रनको पारी खेले । केएल राहुलले ८२ र ध्रुब जुरेलले ५१ रन बनाए।
श्रीलंकाका लागि प्रभाथ जयसुर्याले ४, केशरा नुवान्थाले ३ र आसिथा फर्नान्डोले एक विकेट लिएका छन्।
श्रीलंका भ्रमणमा रहेको सुभमन गिल नेतृत्वको भारतले २ टेस्टको सिरिज खेल्नेछ।
प्रकाशित: ३१ श्रावण २०८३ १९:५९ आइतबार