खेल

वैभवलाई समेट्दै भारतीय 'ए' टोलीको घोषणा

वैभव सूर्यवंशीलाई समेट्दै आगामी जुनमा हुने त्रिदेशीय सिरिजका लागि भारतीय क्रिकेट ‘ए’ टोलीको घोषणा भएको छ।

आगामी जुन ९ देखि सुरु हुने उक्त सिरिजमा भारत ‘ए’, श्रीलंका ‘ए’ र अफगानिस्तान ‘ए’ टोलीहरूले सहभागिता जनाउनेछन्। सिरिजको फाइनल खेल जुन २१ मा हुनेछ। त्रिदेशीय सिरिजपछि भारत ‘ए’ ले श्रीलंका ‘ए’ विरुद्ध दुईवटा रेड-बल खेल पनि खेल्नेछ। प्रथम श्रेणीका खेलहरूका लागि टोली पछि घोषणा गरिनेछ।

यस्तो छ टोली :

तिलक वर्मा (कप्तान), रियान पराग (उपकप्तान), प्रियांश आर्य, वैभव सूर्यवंशी, आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, सूर्यांश शेडगे, प्रभसिमरन सिंह (विकेटकिपर), कुमार कुशाग्रा (विकेटकिपर), विप्रज निगम, यश ठाकुर, युधवीर सिंह, अरशुल खान।

प्रकाशित: ३१ वैशाख २०८३ १७:५३ बिहीबार