खेल

आइसीसी विश्वकप लिग-२: यूएई जाने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

शनिबार घोषणा गरिएको १५ सदस्यीय टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।

क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्।

नेपाली टोली आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान गर्नेछ।

यो सिरिज अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म आयोजना हुनेछ। यस सिरिजमा नेपालले घरेलु टोली यूएई र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १ कार्तिक २०८२ १९:२४ शनिबार