खेल

आईसीसी विश्वकप लिग-टु : नेपालकाे ब्याटिङ धरापमा, ५० रन बनाउँदा गुमायाे ४ विकेट

आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले टस हारेर युएईविरुद्धकाे जारी खेलमा चार विकेट गुमाएको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे नेपाल १२.३ ओभरमा ४ विकेट गुमाएर ५० रन बनाउँदै खेलिरहेकाे छ।

नेपालका ओपनर अशिफ शेख ७ रन अर्का ओपनर कुशल भुर्तेल २४ रन र भिम सार्की १० रन बनाएर पेभिलियन फर्किए।

त्यस्तै, कप्तान राेहित २ रनमै आउट भए। क्रिजमा अहिले उपकप्तान दिपेन्द्र सिंह ऐरि र बसिर अह्म्मद छन्।

प्रकाशित: १२ वैशाख २०८३ १०:४० शनिबार