खेल

नेपाली टोलीको मुख्य प्रशिक्षक हुन पाउँदा खुसी छुः नवनियुक्त प्रशिक्षक एरेना

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबल टोलीको प्रशिक्षक हुन पाउँदा खुसी लागेको बताएका हुन्।  

'मलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हुँदा निकै खुसी लागेको छ', नवनियुक्त प्रशिक्षक एरेनाले भने।

एन्फाले बिहीबार मुख्य प्रशिक्षकमा एरेना नियुक्त भएका जानकारी दिएको थियो। उनीसँग एक वर्षको लागि सम्झौता गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए।

प्रकाशित: २९ फाल्गुन २०८२ १३:५९ शुक्रबार