खेल

हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले दुई गोल गर्दै सिटीले एभर्टनमाथि सहज जित हात पारेको छ।

शनिबार राति भएको खेलमा एभर्टनलाई २-० ले हराउँदै सिटीले शानदार जित हात पारेको हो। हालान्डले खेलेको ५८औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि उनले खेलको ६३औं मिनेटमा दोस्रो गोल गरेर सिटीलाई सफलता दिलाए।

यो जितसँगै सिटीले ८ खेलमा १६ अंक जोडेको छ।

प्रकाशित: २ कार्तिक २०८२ ११:३१ आइतबार