खेल

जेन-जी प्रदर्शन : मैत्रीपूर्ण फुटबल खेल्न आएको बाङ्गलादेशी टोली स्वदेश फर्किँदै

नेपाल र बाङ्गलादेशबिचको मैत्रीपूर्ण फुटबल खेल्न आएको बाङ्गलादेशको टोली आज स्वदेश फर्किँदै छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार बाङ्गलादेशी टोली आज बेलुका ४ बजे स्वदेश फर्किन लागेको हो। सोमबार जेन-जी प्रदर्शनमा स्थिति भयावह भएको कारण टोली स्वदेश फर्किन लागेको हो।  

नेपाल र बाङ्गलादेशबिचको दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको थियो। पहिलो खेलमा नेपाल र बाङ्गलादेशले बराबरी खेलेका थिए।

प्रकाशित: २४ भाद्र २०८२ ०९:३२ मंगलबार