खेल

गगन थापाको शुभकामना सन्देश: नेपाली क्रिकेटले अझै उचाइ हासिल गरोस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

आज सुरु हुने प्रतियोगिताका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।

सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्‍याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीले पुर्‍याएको योगदानको उनले प्रशंसा गरेका छन्।

नेपाली क्रिकेटको विकासमा योगदान गर्ने सबैलाई स्मरण गर्दै थापाले आगामी दिनमा नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र क्रिकेटप्रतिको आकर्षण बढाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थापाले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीको सफलताको कामना गर्दै नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सफलता हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १३:०७ सोमबार