नेपाली खेलाडीले दार्जिलिङमा भएको जिमखाना खुला टेनिस प्रतियोगितामा चार पदक जितेका छन्।
भारतको दार्जिलिङमा भएको प्रतियोगितामा खेलाडीले ३ स्वर्ण र १ रजत जितेका हुन्। पुरुष डबल्समा प्रदीप थापा र दर्शिल श्रेष्ठ, भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार तथा भेट्रान ६० वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा धुन्डुपले स्वर्ण जिते। पुरुष सिंगल्समा प्रदीपले थप एक रजत पदक जितेका छन्। दार्जिलिङ जिमखाना क्लबको आयोजनामा भएको प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८० हजार रुपैयाँ रहेको थियो।
प्रकाशित: ३ मंसिर २०८२ ०८:०० बुधबार