नेपाल र वेस्ट इन्डिजबीच हुने तीन टी- २० सिरिज खेलेको कमेन्ट्री चर्चित कमेन्टेटर तथा वेस्ट इन्डिजका पूर्वक्रिकेटर इयान विशपले गर्ने भएका छन्।
बुधबार बिहान नेपाल क्रिकेट संघ (क्या)नले एउटा भिडियो सार्वजनिक गर्दै इयानले नेपाल र वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजको कमेन्ट्री गर्ने जनाएको हो। नेपाल र वेस्टइन्डिजले सेप्टेम्बर २७, २९ र ३० गते यूएईस्थित शहाराज क्रिकेट रगंशालामा सिरिज खेल्ने छन्।
क्यानले यो सिरजिको नाम "यूनिटि कप" राखेको छ। जेन-जि आन्दोनलमा मारिएकाहरूप्रति समर्पित गर्दै यो नाम राखिएकाे हो।
क्यानले रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजविरुद्ध खेल्ने १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
प्रकाशित: १ आश्विन २०८२ १२:५७ बुधबार