खेल

पहिलो क्वालिफायर: विराटनगरले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ अन्तर्गत मंगबलार हुने पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि भएको टसमा विराटनगर किङ्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। विराटनगरको यस निर्णयसँगै अब सुदूरपश्चिम रोयल्स पहिला ब्याटिङ गर्न मैदान उत्रिनेछ।

खेल अपरान्ह ४:०० बजेबाट सुरु हुँदैछ। यो क्वालिफायर १ भएकाले आजको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ।

पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अर्को मौका पाउनेछ।

प्रकाशित: २३ मंसिर २०८२ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App