खेल

चितवनलाई पहिलो झट्का, खनाल १२ रन बनाएर आउट

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ। यो खबर तयार पार्दा सम्म आठ ओभरमा एक विकेट गुमाएर ५८ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले राम्रो सुरुवात गरे पनि देव खनाललाई गुमाएको छ। उनी १५ बलमा १२ रन बनाएर आउट भए। उनलाई चरिथ असलंकाले आउट गरेका हुन्।

चितवनका ओपनर डेभिड मलान ३४ बलमा ४३ रन बनाएर खेलिरहेका छन्। उनले चार चौका र तीन छक्का प्रहार गरेका छन्।

विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। चितवनले आठ ओभरको खेल सकिँदा ७.२५ को रनरेटमा रन बनाएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App