खेल

फिफा विश्वकप : पाराग्वेका मिगेल अल्मिरोनलाई किन दिइयो रेड कार्ड ?

फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वे खेल भइरहेको छ।

सान फ्रान्सिस्कोमा जारी खेलमा पाराग्वेका खेलाडी मिगेल अल्मिरोनलाई रेड कार्ड दिइएको छ। उनलाई खेलको ४ प्लस ३ मिनेटमा रेड कार्ड दिइएको हो।

रेड कार्ड पाएपछि अल्मिरोन खेलबाट बाहिरिएका छन्। अर्को टोलीसँग कुरा गर्दा हातले मुख छोपेका कारण उनलाई रेड कार्ड दिइएको हो। यसरी रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन्।  अब पाराग्वेको टोली १० खेलाडीमा सीमित भएको छ।

यसअघि, खेलको २ मिनेटमै माटियाज गालाजाराले एक गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। हालसम्म टर्कीले कुनै पनि गोल फर्काउन सकेको छैन।

प्रकाशित: ६ असार २०८३ ०९:५६ शनिबार