खेल

फिफा विश्वकप : अमेरिकाविरुद्ध टर्कीको अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।

सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई थप रोमाञ्चक बनाएका हुन्। समूह ‘डी’को यो खेलमा अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए। यो गोल सँगै अग्रता लिएको अमेरिकालाई टर्कीले गोल फर्काएको थियो।

खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका हुन्। यसपछि बराबरीमा खेलिरहेका बेला टर्कीका ओर्कुन कोक्कुले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता बताए।

हाल पहिलो हाफ अघि नै टर्की २-१ गोलको अग्रताले खेलिरहेको छ।

प्रकाशित: १२ असार २०८३ ०८:२५ शुक्रबार