खेल

फिफा विश्वकप : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिएको छ।

अन्तिम १६ का लागि जारी खेलको १०औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन्।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्ड १-० ले अगाडि छ।

प्रकाशित: १९ असार २०८३ ०९:०२ शुक्रबार