फिफा विश्वकप–२०२६ मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध स्विट्जरल्यान्डले शानदार जित निकालेको छ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो।
स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले खेलको ७४औं मिनेटमा दुई, रुबेन वर्गासले ८४औं मिनेटमा र ग्रानिट जोहानले ९०औं मिनेटमा एक-एक गोल गरेका थिए। खेलको ८०औं मिनेटमा बोस्नियाका एर्मिन माहमिकले एक गोल फर्काए।
यो जितसँगै स्विट्जरल्यान्ड ४ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
प्रकाशित: ५ असार २०८३ ०६:३० शुक्रबार