खेल

विश्वकप खेल्ने कोरियाली टोलीको घोषणा, सनले चौथो पटक खेल्दै

फिफा पुरुष विश्वकप खेल्ने कोरिया रिपब्लिक टोलीको घोषणा भएको छ।

कोरियाले विश्वकप खेल्ने २६ सदीस्य टोलीको घोषणा गरेको हो। जसमा कोरियाका स्टार सन ह्युङ-मिनले चौथो पटक विश्वपकप खेल्दै छन्।

विश्वकपको समूह 'ए'मा परेको कोरियाले आयोजक मेक्सिको, चेक रिपब्लिक र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ विश्वकप खेल्ने टोली:

गोलरक्षक: सन बुम क्युन, जो ह्योनवू  र किम सेउङ

डिफेन्डर: जेन्स क्यास्ट्रोप,ली हानबिओम ,पार्क जिन्सोब,ली किह्युक,किम मिन्जा किम मुनहवान, किम तेह्योन,ली ताइसिको,सियोल यंगवू र चो युमिन

मिडफिल्डर: ली डोंग्योङ, ह्वाङ हेचन,यांग ह्युनजुन ली काङ्ग-इन, किम जिंगयु, इओम जिसुङ, बे जुनहो, ली काङ्गिन र पाईक सेउङ्घो

फरवार्डर: सन ह्युङ-मिन, चो गुएसुङ र ओ ह्योङयु

प्रकाशित: ३ जेष्ठ २०८३ १२:५२ आइतबार