फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाविरुद्ध जोर्डनले गोल फर्काएको छ।
सुरुवातमै २-० गोलको अग्रता लिएको अर्जेन्टिनाविरुद्ध जोर्डनले गोल फर्काएको हो। खेलको ५५औं मिनेटमा मुसा अल्तामारी गोल गरेका थिए।
डलास रंगशालामा जारी खेलको ३१औं मिनेटमा लाउटारो मार्टिनेज पेनाल्टीमार्फत गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै गरेका थिए। यस्तै, १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
समूह जे को यो खेलमा जोर्डनविरुद्ध अर्जेन्टिना २-१ गोल अन्तरले खेलिरहेको छ।
प्रकाशित: १४ असार २०८३ ०९:०८ आइतबार


