खेल

फिफा विश्वकप : फ्रान्सले इराकलाई हरायो

फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध जित हासिल गरेको छ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले जित हासिल गरेको हो। एम्बाप्पेले खेलको १४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७० मिनेटमा फ्रान्सले ३–० ले अग्रता लिँदा एमबाप्पेले दुई गोल गरेका थिए। खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकालेको हो।

यस्तै, एमबाप्पेले खेलको ५४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल गरे। यो जित सँगै फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो।

प्रकाशित: ९ असार २०८३ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App