खेल

फिफा विश्वकप : इजिप्टले लियो अग्रता, न्युजिल्यान्ड २-१ ले पछाडि

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डलाई उछिनेको छ। 

पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले २-१ ले उछिनेको हो। समूह जी को यो खेलको ६७ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको हो। 

भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलमा यसअघि १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए। त्यसपछि ५८ मिनेटमा मोस्तफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ। यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ।

प्रकाशित: ८ असार २०८३ ०८:१२ सोमबार