खेल

फिफा विश्वकप : पहिलो पटक सहभागी केप भर्डे नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुग्न सफल भएको छ।

समूह ‘एच’मा अपराजित रहँदै केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समूहबाट ७ अंक बटुल्दै स्पेन समूह विजेता बनेको छ।

हस्टन स्टेडियममा शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरीमा टु‌ंग्याएको हो। यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो।

प्रकाशित: १३ असार २०८३ ०८:०१ शनिबार