फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले जित हासिल गरेको छ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलको ७५औँ मिनेटमा कानर मेटकाफले गरेको दोस्रो गोलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २-० को अग्रता कायम गर्दै जित हासिल गरेको हो।
यसअघि खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। टर्कीले निर्धारित समयमा ६ मिनेट थप गर्दा पनि कुनै गोल गर्न सकेन।
समूह 'डी' अन्तर्गतको यो उद्घाटन खेलमा उनीहरूले पहिलो पटक भेट गरेका हुन्।
प्रकाशित: ३१ जेष्ठ २०८३ ११:४५ आइतबार