फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाले अस्ट्रियालाई गोल फर्काएको छ।
सुरुवाती अग्रता लिएको अस्ट्रियाविरुद्ध अल्जेरियाका रफिक बेलघालीले खेलको ४५औं मिनेटमा गोल गर्दै बराबरी बनाएका हुन्।
कान्सास सिटी रंगशालामा जारी खेलको २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका थिए।
समूह जेको यो खेलमा अल्जेरिया र अस्ट्रिया १-१ गोलले बराबरीमा खेलिरहेका छन्।
प्रकाशित: १४ असार २०८३ ०८:३८ आइतबार