फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबिच हुँदैछ। खेल मेक्सिकोको ग्वाडालाजारामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ।
दुई टोलीबिच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। दुवै टोलीले एक जित र दुई बराबरीसहित एकअर्कासँग बराबरी खेलेका छन्। फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने हुने छन्।
विश्व फुटबल वरियतामा दक्षिण कोरिया २५औं स्थानमा छ भने चेक गणतन्त्र ४१औं स्थानमा छ।
यसअघि फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै जित हात पारेको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ ०७:१५ शुक्रबार