खेल

साफ यु-१७ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप खेल्न जाने महिला टोलिको बिदाइ भएको छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो। साफ-१७ महिला च्याम्पियनसिप भुटानमा आयोजना हुँदैछ।  

अगस्ट २० देखि ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी हुनेछन्।  

डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपालले आफनो पहिलो खेल भारतसँग २० अगस्टमा खेल्ने छ । भारतसँगको अर्को खेल २९ अगस्टमा हुनेछ । त्यस्तै, भुटानसँग २२ र ३१ अगस्टमा र बंगलादेशसँग २४ र २७ अगस्टमा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: १ भाद्र २०८२ १८:५२ आइतबार