खेल

सुदूरपश्चिम संकटमा: करण केसीको घातक स्पेल, २ रनमै गुमायो २ विकेट

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले निकै खराब र दबाबपूर्ण सुरुवात गरेको छ।

काठमाडौं गुर्खाजका तीव्र गतिका बलर करण केसीको आक्रामक बलिङसामु सुदूरपश्चिमको शीर्ष क्रम धर्मराएको हो। दोस्रो ओभरको समाप्तिसँगै सुदूरपश्चिमको स्कोर मात्र २ रन हुँदा २ विकेट गुमिसकेको छ।

खेलको सुरुवातमै जोस ब्राउनलाई आउट गराएका करण केसीले सुदूरपश्चिमलाई अर्को ठुलो झट्का दिएका छन्। विनोद भण्डारी पनि करण केसीकै शिकार बने।

भण्डारीलाई केसीले भीम सार्कीको हातबाट क्याच आउट गराउँदै पेभिलियनको बाटो देखाएका हुन्।

अहिले क्रिजमा स्टार खेलाडी क्रिस लिन ७ बलमा २ रन बनाएर संयमित हुँदै खेलिरहेका छन्।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम सुरुवाती २ ओभरमै २ मुख्य विकेट गुमाएपछि दबाबमा परेको छ।

काठमाडौंका लागि करण केसीले सुरुवाती दुवै ओभरमा १–१ विकेट लिएर खेलमा पूर्ण पकड जमाएका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १६:१५ बुधबार