खेल

एभरेष्ट महिला भलिबल लिग : आज रोमाञ्चक दुई खेल

फाइल तस्बिर : कर्णाली यशविस र काठमाडौं स्पाईर्सका खेलाडी

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा आज दुईवटा खेल हुँदैछ।

सोमबार पहिलो खेल दिउँसो २ बजे हुनेछ जहाँ कर्णाली यशविस र काठमाडौं स्पाईर्सबिच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा कर्णाली अपराजित छ भने, काठमाडौंले आइतबार मधेसलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

कर्णाली आज लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै, काठमाडौं कर्णालीलाई हराउँदै आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। 

त्यस्तै, आज हुने दोस्रो खेलमा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच भिडन्त हुनेछ। खेल अपराह्न ४ बजे सोही बहुउद्देश्यीय कभर्डहलमा हुनेछ। ललितपुर जारी प्रतियोगितामा अपराजित छ। ललितपुर आफ्नो तेस्रो जितको खोजीमा आउनेछ। लुम्बिनी भने आइतबार पोखरालाई हराउँदै पहिलो जित आफ्नो नाममा गर्‍यो।

जारी प्रतियोगितामा कूल ६ टोलीको सहभागिता रहेको छ। सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष दुई स्थानमा रहेको टोली फाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ।

प्रकाशित: २३ भाद्र २०८२ ०८:२९ सोमबार