खेल

एभरेष्ट महिला भलिबल लिग: साबिक विजेता कर्णाली यशविसको विजयी सुरुआत

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उद्घाटन खेलमा साबिक विजेता कर्णाली यशविसले विजयी सुरुआत गरेको छ।

शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाइ सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गरेको हो। कर्णालीले पहिलो सेटमा २५-२१ , दोस्रो सेटमा २५- २० र तेस्रो सेटमा २५-१४ ले पोखरालाई हराएको हो।

पोखराले शनिबार मधेस यूनाइटेडको सामना गर्ने छ भने कर्णाली यशविसले लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने छ।

आजै हुने अर्को  खेलमा ललितपुर क्विन्स र मधेस युनाईटेड खेल्दै छन्।

प्रकाशित: २० भाद्र २०८२ १६:०० शुक्रबार