खेल

एलिमिनेटर: काठमाडौंले टस जित्यो, लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि काठमाडौं गोर्खाजका कप्तानले करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

यो निर्णयसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ।

आजको खेल ‘गर या मर’ को स्थितिमा रहेको छ। यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रकाशित: २४ मंसिर २०८२ १५:४७ बुधबार