पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायर रहेका बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका तीनवटै निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।
रहमानले मैदानमा दिएका दुईवटा एलबीडब्लु सम्बन्धी निर्णय डीआरएसको रिभ्युपछि त्रुटिपूर्ण ठहरिँदै ‘नटआउट’ भएका हुन्।
यसैगरी, अर्को एक प्रसंगमा ब्याटर कट बिहाइन्ड हुँदा रहमानले आउट नदिए पनि विपक्षी टोलीले लिएको डीआरएस रिभ्युले फिल्ड अम्पायरको निर्णय उल्ट्याउँदै ब्याटरलाई ‘आउट’ घोषित गरिदिएको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ १७:५६ बुधबार