खेल

५३ रन बनाएर दीपेन्द्र सिंह ऐरी आउट

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतक पूरा गर्दै ५३ रनमा आउट भएका छन्।

ऐरीले ३१ बलमा ५३ रन बनाएका हुन्। उनले आफ्ना इनिङ्समा ७ चौका र ४ छक्का प्रहार गरे। उनको यो पारीले नेपाललाई सुदृढ अवस्थामा पुर्‍याएको छ।

यसअघि ओपनर असिफ शेखले ६९ रनको शानदार पारी खेलेका थिए।

नेपालले अहिले ३ विकेट गुमाएर १५७ रन बनाएको छ। खेल जारी छ। क्रिजमा अहिले कप्तान रोहित पौडेल र लोकेश बम छन् । १८ ओभर खेलेको नेपालले १८१ रन बनाएको छ।

प्रकाशित: ३१ आश्विन २०८२ १७:२९ शुक्रबार