खेल

दीपेन्द्रले ५० बलमा पुरा गरे अर्धशतक

ओमानले दिएको ३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप लिग-२ को खेलमा नेपालले ३३.३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४० रन जोडेको छ।

दीपेन्द्रले ५३ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५० रन पूरा गरी अविजित रहेका छन्।

अन्य ब्याटरहरू ओमानका बलरसामु टिक्न नसकिरहेको अवस्थामा उनले एकतर्फी रूपमा नेपालको इनिङ्स सम्हालिरहेका हुन्।

नेपालका लागि भीम सार्कीले २८ र आसिफ शेखले १९ रन जोडे भने कप्तान रोहित पौडेल १० रनमै पभिलियन फर्किए।

कुशल भुर्तेल १ रन र बसिर अहमद पनि १ रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। अहिले क्रिजमा दीपेन्द्रलाई गुल्सन झाले १२ रन बनाएर साथ दिइरहेका छन्।

प्रकाशित: १६ वैशाख २०८३ १५:४१ बुधबार