खेल

सामोआविरुद्ध दीपेन्द्रले पनि बनाए अर्धशतक

फाइल तस्बिर

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतक प्रहार गरेका छन्।

ऐरीले ३१ बलमा ५२ रन बनाउँदा उनले ७ चौका र ४ छक्का प्रहार गरे। उनको यो आक्रामक ब्याटिङसँगै नेपालले बलियो स्कोर तर्फ यात्रा अगाडि बढाएको छ।

यसअघि नेपालका ओपनर असिफ शेखले पनि उत्कृष्ट ६९ रनको योगदान दिएका थिए।

नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १५७ रन बनाएको छ र अझै खेल जारी छ।

प्रकाशित: ३१ आश्विन २०८२ १७:२१ शुक्रबार