पेरिस सेन्ट- जर्मेन (पीएसजी) का उसमान डेम्बेलेले यस वर्षको बालोन डि ओर जितेका छन्।
गए राति भएकाे अवार्ड कार्यक्रममा उनले यस वर्षको बालोन डि ओर हात पारेका हुन्। पेरिस सेन्ट जर्मन (पीएसजी) लाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका डेम्बेलेले अवार्ड जितेका हुन्।
उनले बार्सिलेनाका युवा स्ट्राइकर लामिन यमाललाई पछि पार्दै अवार्ड हात पारेका हुन्।
प्रकाशित: ७ आश्विन २०८२ ०७:५८ मंगलबार