खेल

क्रिस्टियानो रोनाल्डो बने पहिलो अर्बपति फुटबल खेलाडी

क्रिस्टियानो रोनाल्डो पहिलो अर्बपति फुटबल खेलाडी बनेका छन्।

पछिल्लो ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार रोनाल्डाको कुल सम्पत्ति अनुमानित १.४ अर्ब डलर रहेको छ। ४० वर्षीय उनी जुनमा साउदी अरेबिया टोली अल नासरसँग ४०० मिलियन डलरभन्दा बढीको सम्झौता गरेपछि उनको आर्थिक वृद्धि भएको हो।

सन् २०२३ मा उनी म्यानचेस्टर युनाइटेडबाट अल-नासर पुगेका उनी १७७ मिलियन पाउण्ड (९२३७.५२ मिलियन डलर) वार्षिक तलब, बोनस र साउदी क्लबमा १५ प्रतिशत हिस्सासहित फुटबल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए।

यस्तै रोनाल्डले अहिले नै सन्यास नलिने बताए। उनले पोर्चुगल फुटबल ग्लोब्स गालामा भने, 'म मेरो क्लब र राष्ट्रिय टोलीलाई मद्दत गरिरहेको छु। मलाई थाहा छ मसँग खेल्न धेरै वर्ष बाँकी छैन, तर मसँग बाँकी रहेका थोरै वर्षहरू, म तिनीहरूको पूर्ण आनन्द लिनेछु।'

प्रकाशित: २३ आश्विन २०८२ १३:१२ बिहीबार