खेल

कला क्षेत्रमा क्रिकेटर सन्दीप लामिछानेको ‘इन्ट्री’

नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले गीत संगीतको दुनियाँमा आफ्नो यात्रा सुरु गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू सन्सीप्रोडक्सनको सिइओको रूपमा नयाँ यात्रा सुरु गरेको जानकारी दिएका हुन्। यो खबरले उनका प्रशंसक उत्साहित भएका छन्। 

सन्दीपले लेखेका छन्, ‘क्रिकेटरको रूपमा, संगीत सधैँ हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म, संगीतले हामीलाई जोडेको छ।’ अब उनले प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदयस्पर्शी संगीत सिर्जना गर्ने योजना रहेको उल्लेख गरेका छन्। 

उनले अगाडि भनेका छन्, ‘तपाईंहरूको मायाको लागि आभारी छु। म नेपालको लागि मेरो सर्वोत्तम दिनेछु। मैदान र संगीत दुवैमार्फत।’ उनको यो यात्रालाई लिएर प्रशंसकहरूले सामाजिक सञ्जालमा बधाई र शुभकामना दिइरहेका छन्। 

प्रकाशित: १९ श्रावण २०८२ १२:०६ सोमबार