खेल

क्रिकेटर पूजा महतोलाई युवा वर्ष खेलाडीको अवार्ड

राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोले युवा वर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छन् ।  

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा भएको २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्ड उनले अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड जितेकी हुन्।  

नेपाल महिला यू-१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्‍याउँदा नेपालको नेतृत्व गरेकी पूजाले छनोट र एसिया कपमा प्रभावशाली प्रदर्शन गरेकी थिइन्।  

पूजाले एथलेटिक्स अजय बीके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङलाई पछि पारेकी हुन् । 

प्रकाशित: २३ पुस २०८२ १८:४१ बुधबार