खेल

चितवनलाई सुरुवातमै झट्का, डेभिड मलान ‘डक’ आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजले खराब सुरुवात गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले इनिङ्सको पहिलो ओभरमै आफ्ना स्टार विदेशी ब्याटर डेभिड मलानको विकेट गुमाएको हो।

लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले खेलको दोस्रो बलमै मलानलाई बोल्ड आउट गराउँदै टिमलाई पहिलो सफलता दिलाएका छन्। मलानले १ बल सामना गरे पनि खाता खोल्न सकेनन्।

यो समाचार तयार पार्दासम्म ०.२ ओभरमा चितवनले १ विकेटको क्षतिमा १ रन बनाएको छ। क्रिजमा अहिले दीपक बोहरा रहेका छन्।

प्रकाशित: ४ मंसिर २०८२ १६:०७ बिहीबार