युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणको लागि 'ड्र' सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक ड्र अनुसार च्याम्पियन्स लिगको नकआउट चरणमा रियल म्याड्रिडले फेरि म्यानचेष्टर सिटीको सामना गर्ने भएको छ।
त्यस्तै, ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेनले चेल्सीको सामना गर्नेछ। त्यस्तै, लिग चरणमा शीर्ष स्थानमा रहेको आर्सनलले बायर लेभरकुसेनसँग खेल्नेछ भने दोस्रो स्थानमा रहेको बायर्न म्युनिखले एटलान्टासँग खेल्नेछ। न्युक्यासल युनाइटेडले बार्सिलोनाको सामना गर्नेछ भने लिभरपुलले गालाटासारेसँग खेल्नेछ।
यता, प्रिमियर लिगमा संघर्षरत टोटनह्याम हटस्परले एटलेटिको म्याड्रिडको सामना गर्नेछ भने यस सिजनमा सिटी, एटलेटिको र इन्टर मिलानलाई हराएको नर्वेजियन अपस्टार्ट बोडोरग्लिम्टले पोर्चुगिज टोली स्पोर्टिङको सामना गर्नेछ।
प्रकाशित: १५ फाल्गुन २०८२ १८:२८ शुक्रबार