खेल

काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै

काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि लिभरपुलले पेनाल्टीमा बाजी मारेको हो।

बुधबार राति भएका अन्य खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हरायो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो। बर्नमाउथले एस्टन भिल्लालाई ३-० ले तथा क्रिस्टल प्यालेसले फुलहमलाई १-० ले पराजित गरे। सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई ३-२ ले हराउँदै अन्तिम आठमा स्थान बनायो।

आज राति एभर्टन र न्युक्यासल युनाइटेडबीच अन्तिम खेल हुनेछ। खेल नेपाली समयअनुसार शुक्रबार बिहान १:३० बजे सुरु हुनेछ।

क्वार्टरफाइनलमा लिभरपुलले बर्नमाउथ, म्यानचेस्टर सिटीले ब्राडफोर्ड सिटी तथा क्रिस्टल प्यालेसले सन्डरल्यान्डसँग खेल्नेछन्। फ्लीटवुड टाउनले भने एभर्टन र न्युक्यासलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १२ कार्तिक २०८३ ०७:३३ बिहीबार