खेल

युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले संघर्षपूर्ण अर्धशतक पूरा गरेका छन्। कठिन परिस्थितीमा ७७ बलको सामना गर्दै कप्तान रोहितले व्यक्तिगत ५० रन पूरा गरेका हुन्।  

प्रारम्भिक तीन विकेट सस्तैमा गुमाएको नेपालले कप्तान रोहित र आरिफ शेखको साझेदारीको मदतले ३२ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १२७ रन जोडेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १३:३१ बिहीबार