खेल

कुशलको जवाफी इनिङ्स, पावरप्लेमै पोखराको ५० रन पार

जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाए पनि आक्रामक सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले ६.२ ओभरको समाप्तिमा २ विकेट गुमाएर ५३ रन बनाएको छ।

सुरुवातमै दुई विकेट गुमेपछि दबाबमा परेको टोलीलाई कप्तान कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै गति दिएका छन्।

कुशल २३ बलमा ५ चौकासहित ३५ रन बनाएर क्रिजमा टिकिरहेका छन् भने उनलाई अनुभवी खेलाडी शाकिब अल हसनले २ रन बनाएर साथ दिइरहेका छन्।

यसअघि जनकपुरका अनुभवी स्पिनर मोइन अलीले पावरप्लेमा घातक बलिङ गर्दै पोखराका दुवै ओपनरलाई पभेलियन फर्काएका थिए।

मोइनले दोस्रो ओभरमा मेहदी हसन (८ रन) र चौथो ओभरमा दिनेश खरेल (३ रन) लाई आउट गरेका थिए। मोइनले २ ओभरमा १ मेडनसहित मात्र ४ रन खर्चेर २ विकेट लिए।

प्रकाशित: १५ कार्तिक २०८३ १९:२७ आइतबार