खेल

चितवनका दुवै ओपनरको अर्धशतक, मलान र साउदको शतकीय साझेदारी

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका दुवै ओपनरले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको चितवनले जनकपुर बोल्ट्सविरुद्ध विष्फोटक सुरुवात गरेको हो।

चितवनका लागि ओपनरद्वय दवीद मलान र अर्जुन साउदले पहिलो विकेटका लागि ११२ रन को सानदार शतकीय साझेदारी गरे।

जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी–इटनले १३.४ ओभरमा अर्जुन साउदलाई सञ्जय कृष्णमूर्तिद्वारा क्याच गराउँदै यो साझेदारी तोडेका हुन्।

अहिले १४.१ ओभरको खेल सकिँदा चितवन राइनोजले १ विकेटको क्षतिमा ११६ रन बनाएको छ। मलानलाई साथ दिन सैफ जैब क्रिजमा आएका छन्।

प्रकाशित: १६ मंसिर २०८२ १२:४७ मंगलबार