खेल

पावरप्लेमा विराटनगर दबाबमा, मन्सी र प्लेसिसको विकेट गुम्यो

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ। जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले पावरप्लेमा दबाबमा पुगेको छ।  

७ ओभरको खेल सकिदा विराटनगरका जर्ज मन्सी र फाप डु प्लेसिसको विकेट लुम्बिनीले लिइसकेको छ। विराटनगरको खातामा ३८ रन पुगेकाे छ। 

प्रकाशित: १७ मंसिर २०८२ १६:२९ बुधबार