खेल

बाथका कप्तान बेन स्पेन्सरले सिजनको सुरुवाती खेल गुमाउने

इंग्लिस प्रिमियरसिप क्लब बाथका कप्तान तथा इंग्ल्यान्ड रग्वीका स्क्रम–हाफ बेन स्पेन्सरले काँधको पुरानो चोटको शल्यक्रियाका कारण २०२६-२७ सिजनको सुरुवाती खेल गुमाउने भएका छन्।

३४ वर्षीय स्पेन्सरले गत अप्रिलमा काँधमा चोट लागेपछि बाथका दुई खेल गुमाएका थिए। तर, त्यसपछि मैदानमा फर्किएका उनी सिजनको अन्त्यसम्म टोलीमा रहे। उनले यसै सिजनमा इंग्ल्यान्डको नेसन्स च्याम्पियनसिप टोलीबाट पनि खेलेका थिए। अर्जेन्टिनाविरुद्धको जितमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।

बाथका अनुसार स्पेन्सर सिजनको पछिल्लो खेलहरुमा मैदान फर्कने अपेक्षा गरिएको छ। बाथले नयाँ सिजनको पहिलो खेल सेप्टेम्बर २५ मा हार्लेक्विन्सविरुद्ध उसैको मैदानमा खेल्नेछ।

स्पेन्सरसँगै लुइस हेनेसी, टम डे ग्लानभिल, विल म्युर, टम डन र साम अन्डरहिलले पनि यस सिजनमा काँधको शल्यक्रिया गराएका छन्। तर, उनीहरू भने नयाँ सिजनको सुरुवातमै उपलब्ध हुने बताइएको छ।

लामो समयदेखि चोटका कारण बाहिर रहेका हुकर विल स्टुअर्ट र नम्बर आठ जाको कोएट्जे पनि नयाँ सिजनका लागि फिट हुने अपेक्षा गरिएको छ। स्टुअर्ट डिसेम्बरमा अकिलिसको चोट लागेयता खेलेका छैनन् भने कोएट्जे अप्रिल २०२५ देखि अधिकांश समय मैदानबाहिर छन्।

यसैगरी, आर्ची ग्रिफिन २०२६-२७ सिजनको सुरुवाती चरणमै फर्कने अपेक्षा गरिएको छ। वेल्सका लागि यस सिजनमा चार अन्तर्राष्ट्रिय खेल गुमाएका ग्रिफिनले हालै शल्यक्रिया गराएका थिए। बेनो ओबानो भने ह्यामस्ट्रिङ चोटबाट पुनरागमनका लागि क्लबको मेडिकल टोलीसँग काम गरिरहेका छन्।

प्रकाशित: ९ भाद्र २०८३ ०९:४६ मंगलबार