खेल

ला लिगामा बार्सिलोनाको दबदबा कायमै, भाल्लेकानो ५-२ ले पराजित

स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रायो भाल्लेकानो ५-२ ले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले सिजनको सुरुवातमा लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ।

बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामालले समान दुई गोल गरे। रायोले सर्जियो कामेलोको गोलबाट खेलमा अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्‍यो।

रायोका लागि कामेलोले दोस्रो गोल गरे पनि राफिन्हा र यामालले थप गोल गरेपछि बार्सिलोनाले ५-२ को शानदार जित सुनिश्चित गर्‍यो। यस जितसँगै बार्सिलोना ९ अंकसहित गोल अन्तरका आधारमा ला लिगाको शीर्ष स्थानमा पुगेको छ। समान ९ अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ।

अर्को खेलमा ओसासुनाले गेटाफेलाई १-० ले पराजित गर्‍यो। एन्टे बुडिमिरले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल ओसासुनाको जितका लागि निर्णायक बन्यो।

प्रकाशित: १६ भाद्र २०८३ ०७:०१ मंगलबार