स्पेनिस ला लिगाको जारी सिजन बार्सिलोना आफ्नो तेस्रो खेलमा बराबरीमा रोकिएको छ। अबे खेलमा बार्सा रायो भालेन्सियासँग १-१ गोलको बराबरीमा रोकिएको हो। योसँगै बार्साले ९ अंकमा शीर्ष दुईमा रहेका रियल मड्रिड र एथ्लेटिक क्लबसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ।
बार्साको तीन खेलबाट ७ अंक भएको छ। समान अंक भए पनि भियारियलसँग गोल अन्तरमा पछि पर्दै बार्सा चौथो स्थानमा छ।
खेलमा अग्रता भने बार्साले पेनाल्टीमार्फत् लामिनी यमालको गोलबाट ४०औं मिनेटमा लिएको थियो। तर ६७औं मिनेटमा फ्रान पेरेजले भालेन्सियाका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। सो पछि गोल भएन र अग्रता जोगाउन नसक्दा बार्सा अंक बाढ्न बाध्य भयो।
प्रकाशित: १६ भाद्र २०८२ १४:०३ सोमबार