खेल

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक गर्जन-डार्विनमा रच्यो नयाँ इतिहास

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेशले ऐतिहासिक जित हासिल गरेको छ। अस्ट्रेलियाले दिएको ५७ रनको लक्ष्य बंगलादेशले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै ९ विकेटको शानदार जित दर्ता गरेको हो।

दोस्रो इनिङमा अस्ट्रेलिया २८४ रनमा अलआउट भएको थियो। बंगलादेशका अलराउन्डर मेहदी हसन मिराजले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि अस्ट्रेलियाको ब्याटिङ धराशायी बनेको हो। मिराजले ३३.१ ओभरमा ६ मेडनसहित ६६ रन खर्चिएर पाँच विकेट लिए।

अस्ट्रेलियाका लागि क्यामरन ग्रिनले १०४ रनको शतकीय पारी खेले। उनले २०१ बलमा चार चौका र एक छक्कासहित शतक पूरा गरे। तर ग्रिन आउट भएपछि अस्ट्रेलियाका पुछारका ब्याटर लामो समय टिक्न नसक्दा टोली २८४ रनमै समेटियो।

यसअघि पहिलो इनिङमा बंगलादेशले ४२६ रन बनाएको थियो। बंगलादेशका लागि तन्जिद हसनले शतक प्रहार गरेका थिए। अस्ट्रेलियाका जोस हेजलवुडले ६ विकेट लिए पनि बंगलादेशले पहिलो इनिङमा महत्वपूर्ण अग्रता बनाएको थियो।

५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले एक विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्दै अस्ट्रेलियाली भूमिमा ऐतिहासिक टेस्ट जित हात पारेको हो। यस जितसँगै बंगलादेशले दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता बनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App