आयरल्यान्डविरुद्धको टेस्ट सिरिज बंगलादेशले क्लिनस्विप गरेको छ। दोस्रो टेस्टमा आइतबार २१७ रनको फराकिलो जित निकाल्दै बंगलादेशले दुई खेलको सिरिज २-० ले जितेको हो ।
मिरपुरमा ५०९ रनको उच्च योगफल पछ्याएको आयरल्यान्ड पाँचौ दिन आइतबार २९१ रनमा अलआउट भयो। कुरटिस क्याम्फेरले ७१ र हेरी टेक्टोरले ५० रन बनाएपनि हार भने टार्न सकेनन् ।
भ्रमणकारी टोलीलाई सस्तैमा समेट्ने क्रममा तैजुल इस्लाम र हसन मुरादले समान चार विकेट लिए ।
आयरल्यान्डले पहिलो इनिङ्समा २६५ रन बनाएको थियो। बंगलादेशले भने पहिलो इनिङ्समा ४७६ रन बनाएको थियो भने दोस्रो इनिङ्स ४ विकेटको क्षतिमा २९७ रनमा डिक्लियर गरेको थियो ।
पहिलो खेलमा बंगलादेश एक इनिङ्स र ४७ रनले विजयी भएको थियो ।
प्रकाशित: ७ मंसिर २०८२ १८:०४ आइतबार